• तीनकुने काठमाडौँ


image about

प्रभु इन्स्योरेन्सको नयाँ शाखा पोखराको अमरसिंहचोकमा

March 8, 2021


प्रभु इन्स्योरेन्स लिमिटेडले पोखराको अमरसिंहचोकमा नयाँ शाखाको सुभारम्भ गरेको छ । फागुन २३ गते अमरसिंहचोकमा आयोजित बिषेश कार्यक्रमका बिच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्राचार्यज्यूले उक्त शाखाको समुद्घाटन गर्नुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुंदै प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्राचार्यज्यूले नयाँ शाखा स्थापनाबाट यस क्षेत्रमा रहेका सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सहज हुने बताउनु भयो ।